Close
  • SUN - FRI (9AM - 5PM)

    Saturday Colsed
  • MAIL US

    oxfordsecondaryschool@gmail.com
  • Hunting Line

    (+977) 71-541363 (Block A) , 542419 (XI & XII)
;

अक्सफोर्ड मा.वि को Mobile App. प्रयोगबारे सूचना ।

अक्सफोर्ड मा.वि को Mobile App. प्रयोगबारे सूचना ।

आदरणीय अभिभावकज्यू,
नमस्कार ।
एक्काइसौँ शताब्दीको यस घडीमा आइपुग्दा हामी विज्ञान र प्रविधिको अत्याधिक उपयोग गर्दै अगाडि बढिरहेका छौँ । प्रविधिले हाम्रो जीवनलाई सहजताततर्फ उन्मुख गराइरहेको यस पृष्टभूमिमा हामी प्रविधिको उपयोगबिना अगाडि बढ्न सक्ने अवस्थामा छैनौँ । तसर्थ यसै यथार्थलाई मध्यनजर गर्दै अक्सफोर्ड मा.वि.ले विद्यार्थीहरूका सम्पूर्ण गतिविधिहरूलाई अभिभावकहरूका हातहातमा पुराउने उद्देश्यका साथ मोबाइल एप (Mobile App.) तयार पारेको छ । यस मोबाइल(Mobile App.) का माध्यमबाट विद्यार्थीको उपस्थिति विवरण, शैक्षिक अवस्था, शिक्षण गतिविधि, गृहकार्य, परीक्षाफललगायतका शिक्षण क्रियाकलापसँग सम्बन्धित सम्पूर्ण विवरणहरू प्राप्त गर्न सकिनेछ । उक्त मोबाइल एप (Mobile App.) तल दिइएको लिङ्कमा क्लिक गरि डाउनलोड गर्नुहुन अनुरोध गर्दै User Name तथा Password को लागि कक्षा शिक्षकका माध्यमबाट उपलब्ध गराउने कुरा जानकारी गराउछौँ ।

Application download गर्नको लागि यहाँ क्लिक गर्नुहोला । https://play.google.com/store/apps/details…

 

प्राचार्य
दिनेश भुसाल
अक्सफोर्ड मा. वि.

;